एजेन्सी— भारतको जम्मू-कश्मीरमा आतंकवादीसँगको झडपमा एक नेपालीसहित २ जना भारतीय सैनिकको ज्यान गएको छ ।
बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु गएको भारतीय सेनाले जनाएको छ ।
२५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत थिए।
ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको भारतीय सेनाका जनसम्पर्क अधिकारीले जनाएका छन् ।
गोरखा नगरपालिका–५ देवीमाई टोलका थापामगर चार वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए । उनी एक महिने छुट्टीपछि पुस पहिलो साता कार्यक्षेत्र फर्किएका थिए।
सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।