३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

सुनको मूल्य अहिलेसम्मकै बढी



काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । सुनकी मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । तेजावी सुनको मूल्य सुनको प्रतितोला मूल्य ७५ हजार २ सय तोकिएको छ भने चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको हो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ५५ बजे