वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

२०७६ माघ २२, बुधबार १४:०९

काठमाडाैं– वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। बुधबार बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा  उपचारका क्रममा शर्माको निधन भएको हो ।

केही समययता उनलाई मुटुको समस्या थियो। पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहेका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम विश्व घटना सञ्चालन गरेका थिए। इलाममा जन्मिएका शर्माका श्रीमती र २ छोरा छन्।

सम्बन्धित समाचार