एनआरएन अमेरिका न्युयोर्क च्याप्टरले कोरोना संक्रमित व्यक्तिहरुको परिवारलाई सहयोग दिन थाले छन । यस किसिमको सहयोग न्युयोर्क च्याप्टरले एक हप्तादेखिन शुरु गरेको अध्यक्ष्ा रामहरि अधिकारिले बताए । उनका अनुसार न्युयोर्कमा संक्रमित नेपालीहरुको संख्या बडन थालेपछि अब गम्भिर रुपमै एनआरएन न्युयोर्क च्याप्टरले केन्द्रसग समन्वय गरि वृहत रुपमा सहयोग कार्य अघि बडाउने बताए ।
च्याप्टरले अहिलेसम्म संक्रमित परिवारको आग्रह अनुसार अहिलेसम्म ४ परिवारलाई आवश्याक खानेकुरा पुयाएको अधिकारीले बताए । ‘ न्युयोर्कमा जो कोही नेपाली परिवार यदि विरामी भएर हिडडुल गर्न सक्दैन भने कृपया बाहिर ननिस्कनु होला हामी सहयोग गर्न तयारी छौ’ च्याप्टरका अध्यक्ष् अधिकारीले भने-‘ कोही विरामीहरुलाई सहयोग चाहिएमा एनआरएन न्युयोर्क च्याप्टरका पदाधिकारी जो कसैलाई सम्पर्क गरे सहयोग पाउने छ ‘ ।
न्युयोर्कमा कोरोना संक्रमित भएर उपाचारको क्रममा मृत्यु भएका अनिल लिम्बुको परिवारको आग्रहमा विहिबार तमु परिवारका अध्यक्ष मनिता गुरुङले घरसम्म खानेकुरा, जुस पुर्याइदिएका थिए ।