३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेपालमा काेराेना संक्रमित ५७ पुगे, बुधबारमात्रै तीन जना थपिए



काठमाडाैं । नेपालमा तीन जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले एक जनामा थप कोरोना संक्रमण देखिएको बताएका थिए तर उनले लिस्ट दोहोरिएको भन्दै बुधबार संक्रमित संख्या तीन जना मात्र भएको बताए।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरूवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ गर्ने कर्मचारी हुन्।

उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ।रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : ३४ बजे