८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै



काठमाडाैं । नेकपा सचिवालय बैठक आइतबार दिउँसाे बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज ४ बजे बैठक बस्न लागेको बैठकमा एमसीसीबारे छलफल गरिने जनाइएकाे छ ।

बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ। नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएका थिए।

 

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : २९ बजे