काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामासात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २०हजार ७५० पुगेको छ ।
त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।
भक्तपुर, झापा र सुनसरीमा ५/५ जना, बारा र अछाममा ४/४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २/२जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलेजनाएको छ ।
पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेकोछ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।