३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

हराएको चार महिनापछि नेपालका लागि पूर्वराजदूत रिचर्डको शव फेला



लण्डन नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको

आफ्नो घर यूकेको बेन्ट्ली नजिकैको पार्कमा गत मे तारिख बिहान १०.३० मा दौडिन निस्केका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीलेखोजी गरिरहेको थियो

ह्याम्पसायर प्रहरीले उनको नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा शव फेला पारेको बताएको मृतक मोरिसकोपहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन्

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरिएको थियो जुन तस्वीर नेपालमा खिचिएको थियो

रिचर्ड मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटकनिकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेकोबताएको थियो उनका तीन सन्तान एक श्रीमती छन्

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १० : ४५ बजे