१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित



काठमाडौं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् 

काठमाडौँ महानगरपालिका१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो

दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआरपरीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए केसीको पीसीआर परीक्षणको रिपोर्टपोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो केसी हाल घरमै आइसोसेलनमा बसेका छन्

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्णपदक जितेका थिए

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : २९ बजे