काठमाडौं । लोड सेडिङ हटाएर लोकप्रिय बनेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकालआइतबार सकिएको छ ।
पुनर्नियुक्तिको लागि ब्यापक जनदबावको बावजुद पनि सरकारले पुनर्नियुक्तिको निर्णय नगर्दा आइतवार राती १२ बजेदेखि कार्यकालसकिनेछ । सोमबारदेखि उनी प्राधिकरण जाने छैनन् ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमाको आउँछन् भन्ने धेरैको चासे पनि छ । उनले आइतबार प्राधिकरणमा यो कार्यकालको अन्तिम पटक हाजिर गरे । अब अर्कोकार्यकलका लागि नियुक्त भए मात्रै उनी प्राधिकरण फर्किनेछन् ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारीनिर्देशकका रुपमा नियुक्त भएका थिए ।
त्यअघि चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।
उनी अर्वौ रुपैयाॅ घाटामा रहेको प्राधिकरणलाई अर्बौ रुपैयाॅ नाफामा लैजान सफल भए ।
यद्यपि सरकारी स्रोतहरुले उनको कार्यकाल ४ वर्ष नै थप्ने तयारीमा सरकार रहेको बताएका छन् ।