राष्ट्रिय विभुती पासाङ ल्हामु शेर्पा स्मृति भलिबल कप हुने

२०७७ चैत्र १३, शुक्रबार २०:४७

राष्ट्रिय विभुती पासाङ ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको स्मृति दिवसको अवसरमा पहिलो पटक ‘राष्ट्रिय विभुती पासाङल्हामु शेर्पा स्मृति’ भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाले सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको अवसर पारेर उहा जन्मेकै गाउ चौरिखर्क सुर्केमा बैसाख ८ ,९ र १० हुन लागेको आयोजक समितिका अध्यक्ष डिजे जाङबु शेर्पाले बताए ।

भलिबल खेलाडी समेत रहेको डिजे जाङबु भलिबल प्रतियोगिताकै लागी नेपाल जान लागेका छन । उनका अनुसार खुम्बु गाउपालिकाभित्र रहेको पुरुष तथा महिला भलिबल खेलाडीहरु वीच हुन लागेको उक्त प्रतियोगितामा पहिलो हुनेलाई १ लाख दोश्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद,ट्राफी, मेडल र सम्मानपत्र दिने भएको छ । खेल प्रतियोगितापछि सास्कृतिक कार्यक्रम समेत हुने भएको छ । प्रतियोगितालाई सफल बनाउन खुम्बु गाउपालिकाका विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका उनले बताए ।

सम्बन्धित समाचार