२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

नुवाकोटको टाइगर बने रेस्लिङ च्याम्पियन


Ang

१ बैशाख २०७८, बुधबार  

0
Shares

आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर बुधबार च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जितेका छन ।  नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा भएको प्रतियोगिताको लाइट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित रचे । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, राखेपकी सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्णकेशरी श्रेष्ठ, शिवपुरी गाउापालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी थिए । प्रतियोगितामा विकास खड्काले निणर्ायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ५३ बजे