आन्तरिक र बाह्य सबै उडान बन्द गर्ने सरकारको निर्णय

२०७८ बैशाख १९, आईतवार २०:५२

काठमाडौँ । बढ्दो कोपोना संक्रमणको रोकथामका लागि सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आईतवार बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गरिने छन् ।

त्यसै गरी बैशाख २२ गते मध्यरातीदेखि भारतलगायत सबै देशसॅगको हवाई उडान बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारका प्रबक्ता प्रदीप ज्ञवालीका अनुसार कोभिड १९ संक्रमण रोकथाम निर्देशक समितिको सिफरिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।

 

सम्बन्धित समाचार