जन्मदिने आमा र जन्मभूमिप्रतिको श्रद्भा भाव ‘आफनै गाउॅको ढुङ्गा प्यारो ‘

२०७८ जेष्ठ ३१, सोमबार ०४:३६

आफुलाई जन्मदिने आमा र आफु जन्मिएको जन्म भूनिप्रतिको श्रद्धा भावपूर्ण गीत ‘आफनै गाउॅको ढुङ्गा प्यारो ‘ बजारमा आएको छ । गीतकार उदिम किरातीको शब्द रचना रहेको यो गीत लोकप्रिय गायक कुबेर राईको श्वर रहेको छ ।

जन्मदिने आमा र आफनै गाउॅबस्तीको झल्को दिने यो गीतको संगीत पविधन खालिङले संयोजन गरेका हुन् । गीतको रचनाकारले जन्मदिने आमा र जन्मुभूमीको बारेमा मिहिन र सुक्ष्म ढङ्गाले उनेका छन् । गीतलाई आवश्याक पर्ने बाद्यबादन, भोकल रेकर्डिङ्गलगायत स्टुडियोका सम्पूर्ण अडियो रेकर्डिङ्गको संयोजन र ब्यबस्थापना बरिष्ठ संगीतकार तथा संगीत संयोजक सचिन सिंहले गरेका हुन् ।

सम्बन्धित समाचार