हलिउड अभिनेता जोनी वाक्टरको शनिबार बिहान गोली हानी हत्या गरिएको छ ।
३७ वर्षीय वाक्टरमाथि शनिबार बिहान ३ः३० बजे लस एन्जलसमा आफ्ना सहकर्मीसँग साउथ होप स्ट्रिटमा हिँडिरहेका बेला गोली हानेर हत्या गरिएको हो ।
उनीमाथि गोली प्रहार गर्ने चोरहरूको समूह रहेको प्रहरीको प्रारम्भिक भनाइ छ । मास्क लगाएका तीन चोरहरूले उनको कारबाट क्याटालिटिक कन्भर्टर चोर्न खोजिरहेका थिए । तिनैमध्ये एक जनाले गोली हानेपछि सबै त्यहाँबाट भागेको बताइएको छ ।
गोली हानिएका वाक्टरलाई अस्पताल लगिएपछि मृत घोषित गरिएको थियो । उनले ‘जनरल हस्पिटल’, ‘साइबेरिया’ र ‘क्रिमिनल माइन्ड’जस्ता फिल्ममा अभिनय गरेका थिए ।