१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बने विनोद राई



विनोद राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै बिजेता बनेका हुन् । उनले नगद २० लाख रूपैयाँ प्राप्त गर्ने छन् ।

विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए । यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन् । टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स््ट रनरअप घोषित भए भने टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बनेका छन् ।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : २९ बजे