१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माधव नेपालसहित १४ सांसदलाई पदमुक्तको सिफारिस



काठमाडौं । एमाले संसदीय दलले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस गरेको छ । तत्कालिलन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान नगर्ने १४ जना सांसदलाई कारबाहीको सिफारिस गरिएको बताइएको द्ध ।

ती सांसदहरुमाथि कारबाही गरिएको पत्र संसद सचिवालयका महासचिव डा. भरत पौडैलकहाँ दर्ता गराइएको छ । ती सांसदहरुमाथि कारबाही गरिएको जानकारी एमालेले निर्वाचन आयोगलाई पनि पठाएको छ।

कारबाही गरिएका सांसदहरु:

१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणि चौधरी

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ५ : २२ बजे