काठमाडौँ । निर्वाचन आयोगले उपेनद्र यादव नेतृत्वको पार्टीलाई आधिकारिकता दिएपछि जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरले अध्यक्षतामा जसपा(लोकतान्त्रिक) पार्टीको गठन गरिएको हो ।
ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेका छन् ।