३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

कांग्रेस महाधिवेशन : ५७ उममेदवारको उम्मेदवारी फिर्ता



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्य रहेका समितिले जनाएको छ ।

यसैगरी सदस्यहरुमा जङ्गीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा दलित, सीताराम महतो मधेशी, जुनाकुमारी दानी, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, बिना पौडेल, भक्तबहादुर बलायर, माया राना, गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा, सिंहबहादुर राना र सङ्गीता मण्डलले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै केन्द्रीय सदस्यका उम्मेदवार सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, बिमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद सङ्ग्रौला, महेश नेपाली, बाला अधिकारी, मुरारिप्रसाद आचार्य, डा खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँ, वीरवल राई, केशव थापा, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाइँ, युवराज गुरुङ, तीलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी मनोनयनपत्र फिर्ता लिएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : ३३ बजे