२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

कोकाकोलालाई साढे सात अर्ब असुलउपरको माग गर्दै मुद्दा दायर



राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो ।

यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २७ बजे