१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित



भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन् ।

“म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,” उनले लेखेका छन् ।

उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरे । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए ।

त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनी मात्रै नभई उनका छोरा अभिनेता अभिषेक बच्चन, बुहारी अभिनेत्री ऐश्वर्या राय र नातीनी आराध्या पनि सङ्क्रमित भएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १२ : २५ बजे