साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहालको मृत्युदण्ड दिइएको छ । उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको बताइएको छ ।
रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई समेत जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताएका छन् ।
विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेकोमा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनी विगत १५ वर्षदेखि साउदीको जेलमा थिए । २००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।