३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

राजभण्डारीको घरमा तोडफोड गरेकोमा एमाले सोलुखुम्बुद्वारा कारवाहीको माग



सोलुखुम्बुबाट निर्वाचित कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौं पेप्सीकोलास्थित घरमा बुधबार तोडफोड गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले दुख ब्यक्त गरेको छ ।

कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर विहानै छापामार शैलीमा ब्यक्तिको घरमा भौतिक आक्रमण गर्नु अत्यन्त निन्दीय र खेदजनक रहेको उल्लेख गरेको छ । कमिटीले एक बिज्ञप्ति जारी गरी कोशी प्रदेशको नामकरण राजनीतिक विषय भएकोले राजनीतिक रुपमै समाधान गरिनु पर्ने उल्लेख गर्दै परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित गर्नु अपराधिक कार्य भएको पनि उल्लेख गरेको छ ।

“बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सद्भावसहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेडसम्मको स्थिति सृजना गर्न सक्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रायोजित प्रोपोगाण्डहरु यथाशिघ्र बन्द गरी समस्याको समाधनको बाटोमा लाग्न सम्बन्धित पक्षलाई आग्रह गर्दै तोडफोडमा संलग्नहलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि सरकारसँग अनुरोध गर्दछौं ।”

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : ३७ बजे