१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

साउदीको कम्पनी तलब दिन नेपाली कामदार खोज्दै



साउदीको एक कम्पनीले कोभिडको बेला फर्किएर पुनः नफर्किएका नेपाली कामदारको बाँकी सुविधा दिन खोजिरहेको छ । त्यतिबेला पाउन बाँकी तलब छाडेर फर्किएका ८ नेपालीको खोजिगरिदिन नेपाली दूतावासमा नै जानकारी गराएको छ ।

साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीले त्यहाँ काम गरेर कोभिडको बेला छुट्टिमा नेपाल आएर फेरि साउदी नफर्किएका ८ नेपालीलाई बाँकी तलब लिन सम्पर्क गर्न भनेको हो ।

कम्पनीले दिनु पर्ने बाँकी सुविधा भुक्तानीका लागि रियादस्थित नेपाली दूतावासमार्फत सूचना गरिएको छ । कम्पनीले उक्त तलब सुविधा भुक्तानीका लागि सहजीकरण गरिदिन दूतावासलाई भनेको थियो ।

कम्पनीले तलब दिन बाँकी रहेका नेपालीहरुमा सिरहाका सञ्जयकुमार यादव, सुरेसकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका देवबहादुर श्रेष्ठ, सुनसरीका भेगबहादुर राना मगर, तेह्रथुमका भिमप्रसाद दाहाल र सिरहाका बुद्ध मुखिया मलाह रहेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : २९ बजे