६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

२९ जना सहसचिवको सरुवा, काठमाडौं महानगरमा परियार



सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि ती सचिवहरूको सूची शुक्रबार सार्वजनिक गरिएको छ । मन्त्रालयले यो सरूवाका क्रममा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए ।

अधिकारीलाई मधेसी आयोगको सचिवमा सरुवा गरिएको छ । यसअघि काठमाडौंका मेयर बालेन्द्र शाहले विदामा बस्न दवाव दिएपछि उनी विदामा थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : २३ बजे