१० कार्तिक २०८२, आइतबार | Mon Oct 27 2025

रालेमा नेपाल डे मनाउने तयारी


Ang

५ बैशाख २०८१, बुधबार  

108
Shares


कृष्णराज खनाल
नर्थक्यारोलिनाको राले क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना -एनसीएनसी) ले हरेक वर्षझै यस वर्ष पनि नेपाल डे भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । नेपाल डे औपचारिक रुपमा प्रत्येक वर्ष अपि्रल महिनाको तेस्रो शनिवार मनाइने घोषणा भए बमोजिम यस वर्ष अपि्रल २० शनिवारका दिन नेपालीहरुको बाक्लो बसोवास रहेको स्थान मोरिसभिलमा सो कार्यक्रम आयोजना गरिने जानकारी एनसीएनसीले दिएको छ ।

एनसीसीका अनुसार, नेेेपाल परेड डे कार्यक्रम मोरिसभिलको चर्च स्टि्रट पार्कस्थित क्रिकेट खेलमैदानमा ११ बजेदेखि प्रारम्भ हुनेछ । त्यसपछि औपचारिक रुपमा एनसीएनसीको कार्यक्रम सुरु हुनेछ । त्यस अवसरका नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारीहरु, मोरिभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारीहरु पनि मार्चपासमा सहभागी हुनेछन् र औपचारिक सभामा परिणत भएपछि उनीहरुले नेपाल डेको सफलताको कामना गर्नेछन् ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, सो अवसरमा नेपाली पोशाक र पहिरनमा करिब एक हजार नेपालीहरु उपस्थित हुने अनुमान गरिएको छ । नेपाल डे का अवसरमा नेपाली खानाको धेरै परिकार, नेपाली पोशाक, पूर्वीय दर्शनका पुस्तक, साास्कृतिक र पुरातात्विक महत्वका स्थान र महत्व आदि झल्काउने आदि विविध स्टलहरु स्थापना गरिने छ ।

त्यसैगरी बालबालिकाका लागि वाउन्सी हाउस, स्लाइड आदि रहनेछ भने आम मानिसहरुका लागि साास्कृतिक कार्यक्रम रहनेछ । जसमा स्थानीय कलाकारका अतिरिक्त नेपालबाट आउनुभएका गायक हेमन्त शर्माको प्रस्तुति पनि रहने बताइएको छ ।
विदेशमा नेपाली संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना र उत्थानका लागि सक्रिय रहेको एनसीएनसी गैर नाफामूलक संस्था हो । यसले स्थानीय रुपमा नेपालीहरुलाई विदेशमा चिनाउन ठूलो योगदान दिएको छ । संस्थाका अध्यक्ष विकास शाक्यले दिएको जानकारी अनुसार मौसमले साथ दिएको हुदा अधिक नेपालीहरुको सहभागिता रहनेछ । अध्यक्ष शाक्यले सोही दिन बिहान ७ बजेदेखि १२ बजेसम्म रक्तदानको कार्यक्रम पनि राखिएकोले रक्तदान गर्न पनि आव्हान गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ७ : १४ बजे