८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

बाराका क्याम्पस प्रमुखको गोली हानी हत्या, दुई जना पक्राउ



बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको गोली हान हत्या गरिएकफ छ ।

क्याम्पसमाबाट घरतर्फ जाँदै गरेका उनलाई शुक्रबार दिउँसो अज्ञात व्यक्तिले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरेका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो ।

उपचाररत कुशवाहालाई चिकित्सकहरुले भर्खरै मृतक घोषणा गरेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परीक्षामा चिट चोर्न नदिएको बाहानामा क्याम्पस प्रमुखमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १० : ५० बजे