२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

१८ देशमा राजदूत सिफारिस, अमेरिकाका लागि रेग्मी




सकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । यसअघि सरकारले पांच देशका राजदूत फिर्ता बोसाएको थियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ ।

त्यसैगरी भारतका लागि शंकर शर्मा सिफारिस गरिएको छ । राजदूत शर्मालाई अघिल्लो सरकारले फिर्ता बोलाए पनि यो सरकारले पुनः सिफारिस गरेको हो।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी अमेरिका र पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिसमा गरिएको छ ।

त्यसैगरी मन्त्रीपरिषदले चीनका लागि कृष्णप्रसाद ओली, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, साउदी अरबमा नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, अस्ट्रेलिया कान्ता रिजाल तथा पाकिस्तानमा रिता धिताल राजदूत सिफारिस भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ५९ बजे