भदौ २४ गतेको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारमा आगजनी र तोडफोड गरी भागेकामध्ये ६ हजार ५१६ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागले आइतबार फरार रहेकाहरूको सूचीसमेत सार्वजनिक गर्दै तीमध्ये ५ सय ४० जना भारतीय नागरिक, १ सय ८ जना अन्य देशका विदेशी नागरिक र ५ हजार ८६८ जना नेपाली नागरिक रहेको जानकारी दिएको छ।
विभागको तथ्याङ्कअनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी पक्राउ परिसकेका छन्।
भदौ २४ गतेको प्रदर्शनको मौका पारेर देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए। तीमध्ये १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेको विभागको सूचनामा उल्लेख छ।
भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको थियो।
https://drive.google.com/file/d/1yyG-cHPNZ3letZ7nvyB0JBceFa8sPWy4/view?usp=sharing