५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

त्रिभुवन विमानस्थलबाट भाङको तेलसहित अमेरिकी नागरिक पक्राउ



नेपाल प्रहरी ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट गाँजा/भाङको तेलजस्तो देखिने तरल पदार्थसहित एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राहदानी नम्बर A 83488487 वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवाल का अनुसार, एअर इण्डियाको उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका पेट्रोभको लगेज चेकिङका क्रममा शंका लागेपछि थप जाँच गरिएको थियो।

स्क्रिनिङका क्रममा शंकास्पद देखिएपछि लगेज खोलेर जाँच गर्दा १.२५ लिटर क्षमताका पाँच वटा बोतलमा राखिएको गाँजा/भाङको तेलजस्तो देखिने तरल पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो को जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : ५९ बजे