८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक



काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले सातै प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधनको नयाँ दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारी चाप अत्यधिक भएको तथा ट्राफिक जामका कारण आवतजावतमा कठिनाइ बढेकाले यस्तो निर्णय गरिएको हो ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखिएमा कुनै पनि प्रकारका सवारीसाधनको दर्ता रोक्न सकिने कानुनी व्यवस्था रहेको जनाएको छ ।

सोही व्यवस्थाअनुसार सार्वजनिक सवारीसाधन, विद्युतीय सार्वजनिक सवारीसाधनसमेतको नयाँ दर्ता रोक्न सातै प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिइएको विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ११ : ५४ बजे