२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

माथिल्लो त्रिशूली–१ को सुरूङभित्र थप दुई शव भेटिए, ३०० जना अझै फसेको आशंका

रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र जारी खोजी तथा उद्धार कार्यका क्रममा आइतबार थप दुईवटा शव फेला परेका छन्। आयोजनाका अनुसार निरन्तरको प्रयासपछि फेला परेका ती शवहरूलाई घटनास्थलबाट बाहिर निकालिएको छ। यसअघि शनिबार सुरूङको डिसेन्डर बेसिनको डाउनसाइटबाट दुईवटा शव निकालिनुका साथै उद्धार टोलीले एक चिनियाँ नागरिकलाई सुरूङभित्रबाट जीवितै सकुशल उद्धार गर्न सफल भएको थियो।

आयोजना स्थलमा बिहीबारदेखि नै लगातार शवहरू फेला परिरहेका छन्। बिहीबार एउटा खुट्टासहितको अवशेष र शुक्रबार ६ जनाको शव भेटिएको थियो। तर, हालसम्म फेला परेका सबै शवहरू क्षतविक्षत र पहिचान गर्न नसकिने अवस्थामा रहेकाले कसैको पनि सनाखत हुन सकेको छैन।

सुरूङभित्र अझै करिब ३०० जना मानिस फसेको हुन सक्ने आशंका गरिएकाले उद्धार टोलीलाई तीव्र पारिएको छ। सुरूङभित्रको अवस्था अत्यन्तै जटिल र जोखिमपूर्ण रहेका कारण बेपत्ताहरूको खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाको टोली, कोरियाली विज्ञ, अनुभवी शेर्पा उद्धारकर्ता, विशेष तालिमप्राप्त कुकुर, अत्याधुनिक क्यामरा तथा सर्च ड्रोन टोली परिचालन गरी निरन्तर खोजी भइरहेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १० : ५६ बजे