काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आगामी असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाह मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे तय गरिएको जानकारी दिएका हुन् ।
महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिकास्तरका अधिवेशनहरू यसअघि नै सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया हाल जारी रहेको छ । देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले सोही परिस्थितिलाई मध्यनजर गर्दै असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन समारोह आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।










