३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नेपालमा बुधबार २७९ संक्रमित थपिए, ९० जना डिस्चार्ज



काठमाडाैं । नेपालमा बुधबार थप २७९ जनामा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पुरुष २५७ र महिला २२ जनामा सङ्क्रमण देखिएको बताए ।

नयाँसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ३६४ पुगेको छ । तीमध्ये पुरुष चार हजार ५५ र महिला ३०९ जना छन् ।

९० जना डिस्चार्ज

काेराेना संक्रमणबाट बुधबार ९० जना निको भएका छन् । विभिन्न अस्पतालमा ८८ पुरुष र दुई महिला पूर्णरुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

उनका अनुसार कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन् । हालसम्म ६७४ जना डिस्चार्ज भइसकेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : २५ बजे