१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रचण्डका स्वकीय सचिव र वाइसिएल सदस्य कांग्रेस प्रवेश, प्रधानमन्त्री देउवाले गरे स्वागत


२० कार्तिक २०७४, सोमबार  

0
Shares

काठमाडौं । डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्टलगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा उनको स्वकिय अधिकृत समेत थिए । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् ।

त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरे । त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर उहाँहरुलाई कांग्रेसमा स्वागत गरे ।

 

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार  ७ : ३२ बजे