४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

गायक ओम बिक्रम बिष्टलाई सहयोग हस्तान्तरण


२ माघ २०७४, मंगलबार  

0
Shares

ङिमा पाख्रिन / न्युयोर्क

वरिष्ट पप गायक ओम बिक्रम बिष्टलाई उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ नेपाली अमेरिकन कलाकार सँघ रिभेल ईभेन्ट्ले ‘ओम बिक्रम बिष्ट सहयोग साँझ’ कार्यक्रम गर्दा संकलित रकम ६,१८९/- डलर हालै हस्तान्तरण गरिएको गायिका सिर्जना स्याङदनले जानकारी दिएकी छिन् । गायिका सिर्जना स्याङदन, गायक राजेश हमाल, गायक तिलक बम मल्ल लगायतका टोली गायक बिष्टको निवास न्युयोर्कको क्यानजोहोरी शहरमा पुगी रकम हस्तान्तरण गरिएको हो ।

गत डिसेम्बर ३० तारिक न्युयोर्कमा सम्पन्न ‘ओम बिक्रम बिष्ट सहयोग साँझ’ कार्यक्रम गर्न सिर्जना स्याङदन, राजेश हमाल, अभय ढुंगेल, राम श्रेष्ठ, शिशिर श्रेष्ठ, न्हुच्छेमान डँगोल लगायतले आयोजकको तर्फबाट मुख्यरुपमा अगुवाई गरेका थिए आयोजक सँस्था नेपाली अमेरिकन कलाकार सँघका महासचिव अभय ढुँगेलका अनुसार कार्यक्रमबाट उठेको जम्म सात हजार एक सय उनान्नब्बे डलर मध्ये एक हजार डलर मृगौला रोगबाटै पिडीत सँगीतकार पुर्ण गुरुङलाई सहयोग पठाउँने र बाँकी रहेको छ हजार एक सय उनान्नब्बे डलर गायक बिष्टलाई हस्तान्तरण गरिएको हो ।

कलाकारहरुको टोली सहयोग लिएर भेट्न आएकोमा अत्यन्तै खुशी लागेको गायक बिष्टले बताएका छन् । ‘ओम बिक्रम बिष्ट सहयोग साँझ’ कार्यक्रममा सहभागी भएका कलाकारहरु लगायत सम्पुर्ण सहयोगीहरुप्रति आभार ब्यक्त गर्दै उनले भने, मैले जीवनमा कहिल्यै कसैसँग मागेको थिइनँ अहिले परिस्थितीबस मेरो जीवन बचाउँनका निम्ति माया श्रध्दाले गर्नुहुने सबैको सहयोग लिन बाध्य भएको छु गायक बिस्टको आवाजमा अलिकति खराबी भएको सुने पनि आत्माबिश्वास भने धेरै देखिएको सिर्जना लामाले बताएकी छिन् । ‘समयमा मृगौला ट्रान्सप्लान्ट गर्न पाएमा ओम दाईले फेरि गाउँना सक्नु हुनेछ’, उनको दाबी रहेको छ ।

पप सम्राटको उपनामले चिनिएका ६३ बर्षिय गायक ओम बिक्रम बिष्टको दुवै मृगौलामा खराबी देखिए पछि उपचारको क्रममा छन् हप्तामा तीन पटकसम्म डयलोसिस गरी रहेका बिष्टको मृगौला प्रत्यारोपनको लागि सहयोग जुटाउँनु पर्ने भएको छ यसको लागि ठुलो खर्चको भार हुने गर्दछ डायलसिसको खर्च बीमाले ब्यहोरे पनि औषधीहरु अमेरिकामा अत्यन्तै महँगा हुन्छन् र आफैले किन्नु पर्ने उनका पारिवारिक स्रोतले बताएको अमेरिकामा मृगौला प्रत्यारोपणका लागि कम्तीमा पाँच वर्षसम्म पर्खनु पर्ने हुन्छ मृगौला दान पाउँना कम्तीमा पाँच वर्ष पर्खनुपर्ने उपचारमा सँलग्न चिकित्सकले बताएपछि भारत लगेर प्रत्यारोपण गर्ने योजना परिवारको लगातार डाइलाइसिस गरिरहेकाले उनलाई लामो यात्रा गर्न पनि मिल्दैन

उपचारमा लाग्ने अधिक खर्चका कारण तत्काल भारत जान पनि सजिलो छैन भारतमै गएर उपचार गर्दा पनि महँगो खर्च पर्न आउँछ एक्लै जान नमिल्ने भएकोले बिरामी कुरुवा, मृगौला दान गर्ने व्यक्ति उनका कुरुवा लगायत गरी केहि जनाको टोली नै गएर भारतमा बस्दा, खाँदा उपचारमा लाग्ने सबै खर्च गर्दा कम्तीमा ५० लाख रुपैयाँ जति लाग्ने बुझिएको बिस्टले बताए यत्रो खर्च जुटाउन निकै अप्ठेरो परेकोले नै माया श्रध्दाले प्रदान गरेको सहयोग लिनु पर्ने अवस्था आएको उनले प्रष्ट्याएका छन्

‘ओम बिक्रम बिष्ट सहयोग साँझ’ कार्यक्रममा नेपाली बाणिज्य दुतावास न्युयोर्कका बाणिज्यदूत कृष्ण कुमार क्षेत्रीले गायक बिष्टलाई सहयोगको लागि दुतावासको तर्फबाट सरकारको ध्यानाकर्षण गराई सकेको बताएका थिए गायक बिष्टले अहिलेसम्म सरकारको तर्फबाट सहयोगको कुनै जानकारी आफूले नपाएको स्पष्ट पारेका छन् स्वास्थ्य मन्त्री दीपक बोहोरा समक्ष सहयोगको लागि अनुरोध गरिएको स्मरण गर्दै उनले भने,सरकारी सहयोग पाउँना राजनीतिक पार्टीको कार्यकर्ता हुनु पर्दो रहेछ । म आमजनताको कलाकार परेँ मलाई जनताले नै माया गर्दैछन्’

गायक विष्टको उपचार खर्च जुटाउँने उद्देश्यलेगो फण्ड मीनामक अनलाइन आर्थिक संकलन अभियान पनि सँचालनमा यस मार्फत सहयोग गर्न चहानेले यो लिङ्कबाट गर्न सक्ने । https://www.gofundme.com/4aso5fs

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार  ११ : ५२ बजे