न्युयोर्क । नेपाली संघीय समाज अमेरिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम न्युयोर्कमामा सम्पन्न भएको छ । नोभेम्बर ११ मा नेफेसो अध्यक्ष समीर महर्जन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाति आन्दोलनका अगुवा स्व पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै उनको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
नेपालीहरूको महान चाडहरू दशै , तिहार/वलिहाङ ताङनम, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्युयोर्कका उपमहावाणिज्य दूत कृशु क्षेत्रीले यसरी हामी नेपालीहरूको चाडपर्वहरू मनाउनले हाम्रो संस्कृतिको संरक्षण, प्रचार हुनका साथ हामीले गर्व महसुस गरिने बताए ।
कार्यक्रममा, एनआरएन अमेरिकाका महासचिव बाबुराम लामा, फिप्नाका महासचिव प्रेम गुरुङ, हिमालयन बुद्धिस्ट कम्युनिटीका अध्यक्ष छेवकदोर्जे गुरुङ, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपेश लिम्बु, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना, डुक्पिया किदुगका अध्यक्ष लाक्पा शेर्पा, युनाइटेड किरात राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशबराम राई, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा, वालुङ कम्यूनिटीका अध्यक्ष दावाछिरिङ लामा, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष सुमन मगर, प्रवासी मञ्च अमेरिकाका वरिष्ठ उपाध्यक्ष टेक गुरुङ, एनआरएन बोर्ड अफ डायरेक्टर सञ्जय थापा, जनमञ्च अमेरिकाका अध्यक्ष अग्नि राई, नेवा गुठी न्युयोर्कका अध्यक्ष निर्मल प्रधान, सुनुवार समाज अमेरिका उपाध्यक्ष मोहन सुनुवार, शेर्पा किदुक महासचिव टेन्डी शेर्पा, प्रवासी मञ्च न्युयोर्कका अध्यक्ष अर्जुनसिंह, तामाङ सोसाइटी न्युयोर्क च्याप्टरकी अध्यक्ष गोमा योञ्जन तामाङ, नेफेसो सल्लाहकार पार्वती थापा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
न्युयोर्कको क्विन्सस्थित ज्याकसनहाइटमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवाहरू तथा नेफेसो अमेरिकाका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रम सभापतिको हैसियतले नेफेसो अमेरिकाका अध्यक्ष समीर महर्जनले हाम्रो नेपाली संस्कार, संस्कृति, परम्परा, रीतिरिवाजहरूलाई विदेशी भूमिमा पनि हर्षोल्लासका साथ मनाउँदै हाम्रो पहिचान जोगाउने काम भएकोमा खुसी व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गरे । महासचिव मनोज सिंहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव लोक चेम्जोङले गरेका थिए ।