न्यूयोर्कमा नेपाली बसोबास गदै आइरहेको क्वीन्समा ७४ बषिर्य मनमाया थापा मगर हराइरहेकी छन । क्वीन्सको सनीसाइडबाट सोमबार विहानदेखि हराइरहेकी उनी अहिलेसम्म फेला पर्न सकेको छैन । यतिखेर नेपाली समुदायका प्रतिनिधिहरु उनको खोजिमा लागीरहेका छन । स्थानीय सुरक्षा निकायले समेत खोजि क्रममा ठाउ ठाउमा सुचना जारी गरि फेला परेमा प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन ।
नेपाली भाषा मात्र बोल्ने मनमाया आफना सन्तानका साथ केही समयदेखि न्युयोर्कमा बस्दै आइरहेका थिए । हिउदको यो चिसोमा हराइरहेकी उनको बारेमा सवैले चासो र चिन्ता गरिरहेका छन । विभिन्न स्थान लगायत अस्पतालतिर मनमायाको खोजि भइरहेको छ । न्युयोर्कमा करिब एक दशक अघि एक गुरुङ थरको आमा पनि क्वीन्समा हराएको तीन दिनपछि फेला परेका हुन ।