नेपाल शेर्पा संघको सातौं महाधिवेशनबाट सिन्धुपाल्चोकका ल्हाक्पा ठिलेन शेर्पा (हिमाली कान्छा) को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
निर्वाचनमा समूह बनाएर होमिएका हिमाली कान्छाले अर्का प्रत्यासी तेन्जी शेर्पालाई ६९ मतको अन्तरले पराजित गर्दै २१३ मत प्राप्त गरी विजयी भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा सोलुखुम्बुका लाक्पा शेर्पा चयन भएका छन् । उपाध्यक्ष पदमा दोलखाका दावा शेर्पा, संजय शेर्पा, र बाबुकाजी शेर्पा निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षतर्फ ओखलढुङ्गाकी ल्हमु शेर्पा, सिन्धुपाल्चोककी लन्जम शेर्पा, र दोलखाकी आङकान्डु शेर्पा निर्वाचित भएकी छन् ।
महासचिवमा ओखलढुङ्गाका लाक्पा जी. शेर्पा निर्वाचित भएका छन् भने उपमहासचिवमा सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पा चयन भएका छन् । सचिव पदमा सोलुखुम्बुका मिङमार सार्की शेर्पा, माछिरी शेर्पा, र ताप्लेजुङका दावा शेर्पा (डी.एन.) निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सिन्धुपाल्चोकका आङ दोर्जे शेर्पा र सह-कोषाध्यक्षमा सोही जिल्लाका नुर्पु शेर्पा निर्वाचित भएका छन् ।
सदस्य पदमा लाक्पा शेर्पा, सोनाम टाशी शेर्पा, दोर्जे शेर्पा, लाक्पा रिन्जे शेर्पा, छिरिङ शेर्पा, ङाटासी शेर्पा, लाक्पा शेर्पा, पासाङ किपा शेर्पा, सोनाम शेर्पा, बिरे शेर्पा, आङनिमा शेर्पा, छोङबा शेर्पा, नुर्बु शेर्पा, र ल्हाक्चुङ शेर्पा (सलाका) निर्वाचित भएका छन् ।









