राजन कर्माचार्य/न्यूयाेर्क
नेपालमा धेरै किसिमका हस्तकलाका सामानहरु बनाइन्छन र बिदेशमा निर्यात हुने प्रमूख हस्तकलाका उत्पादनहरु मध्ये फेल्ट पनि एक हो | कच्चा पदार्थ (ऊन्) अष्ट्रेलिया, न्युजिल्यान्ड आयात गरी बाँकी प्रशोधनको काम जस्तै कर्डिङ्, रङाइ सुखा गरि साबुन् पानी को प्रयोग गरि जूत्ता, टोपी, पर्स्, झोला, जलचर् लगायतका सामानहरु फेल्टबाट बन्ने गरेका छन् ।
हाल नेपालमा साना ठूला गरी ३०० भन्दा बढी फेल्ट उत्पादक ब्यबसायीहरु रहेको अनुमान गर्न सकिन्छ । यति धेरै ब्यबसायी फेल्ट प्रति आकर्षण बढ्नुको कारण यो ब्यबसाय संचालन गर्नको लागी थोरै पुँजी पनि पर्याप्त हुनु हो, जुन १० देखि १५ हजारसम्मको लगानीबाट शुरु गर्न सकिन्छ र order size हेरेर थप लगानी बढाउदै लैजान सकिन्छ । सन २००० सम्म फेल्टको माग् विश्व बजारमा ज्यादै थोरै थियो ।
त्यसपछि समयक्रम संगै फेल्ट को मांग बढदै गएर वार्षिक २० करोड रुपैयाबाट हाल आएर सन २०१५ मा फेल्ट को निर्यात १ अर्ब रुपैयाको हाराहारी मा पुगिसकेको छ । नेपाली हस्तकलाको छेत्रमा फेल्ट top ३ निर्यात बस्तुका रुपमा पुग्न सफल भएको छ । हस्तकला ब्यबसायीहरु बिशेष गरि फेल्टसंग सम्बन्धित ब्यबसायीहरुका लागी दीर्घकालिन प्रत्यछ अर्डर (direct order) को महत्वपूर्ण स्थान रहेको छ ।
हाल फेल्ट वस्तुकाे बजार संभावना यति छ कि मागलाई धान्न जनशक्तिकाे अभाव भैसकेकाे छ । दक्ष जनशक्तिकाे अभाव नै याे व्यवसायकाे मूख्य चुनाैतिका रुपमा देखा परेकाे छ । अर्काे समस्या र चुनाैति भनेकाे प्रत्यक्ष अडर नपाउनु पनि हाे । यदि प्रत्यक्ष अडर पाउन सकेमा नाफामा वृद्धि हुनुकाे साथै त्यसले देशकाे अार्थिक विकाशमा टेवा पुग्नुका साथै राेजगारकाे अवसरमा वृद्धि हुनगै सम्पूर्ण अर्थतन्त्रलाई सकारात्मक सहयाेग पुर्याउन्छ ।
फेल्ट उद्याेग विकाशका लागि प्रत्यक्ष अडर लिनुकाे विकल्प छैन । जसकाे लागि सबैभन्दा उपयुक्त उपाय भनेकाे राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्तकला प्रदर्शनीमा सहभागी हुनु अत्यावश्यक छ । मेलामा सहभागी नभैकन अडर पाउन मुश्किल नै हुन्छ । विदेशमा मेला गर्न र राम्राे क्रेता पाउनकाे लागि उपयुक्त राष्ट्रिय तथा अन्तरराष्ट्रिय मेलामा पहुच पुर्याउन उत्कृस्त व्यवसायीहरुलाई निशुल्क स्तलहरु उपलब्ध गराउने प्रयास गर्नु पर्दछ र याे नेपाल हस्तकला महासंघ मार्फत नेपाल सरकार TEPC द्वारा गराउनु पर्दछ । लुकेर बसेका नेपाली हस्तकलाका वस्तुहरु अझ धेरै हाेलान त्यसकाे हामीले खाेजि गर्दै नयां उत्पादनहरुकाे पनि अनुसंधान उत्खनन गरी अन्तरराष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न निशुल्क स्तलहरु प्राथमिकतामा राखि सबै हस्तकलाका उत्पादनलाई विश्व बजारमा पुर्यायी नेपाललाई हस्तकलाकाे देश भनेर चिनाउनु अावश्यक छ ।