अाङछिरिङ शेर्पा
एनआरएन अमेरिकाको नेतृत्वमा उम्मेद्धावरी दिनेहरुको संख्या न्युयोर्कबाट धेरै सुनेपनि एनआरएन सदस्य बनाउनेमा न्युर्योक पछि परेको छ । तर थोरै उम्मेद्धावर भएको टेक्सासमा रहेका नेपालीले सवैभन्दा बढि सदस्य बनाएको देखियो । भेरिफाइड हुन भन्दा अघिको संख्या अनुसार न्युयोर्कले ३१५६ मात्र बनाएका छन भने टेक्सासले ५१२८ बनाएका छन । यो हुन अमेरिकामा रहेको दुई ठुला राज्यहरुमा बसोबास गदै आएका नेपालीले लिएको एनआरएनको सदस्यताको विवरण । बास्तबमा अमेरिकाको विभिन्न राज्यमा रहेको नेपालीको जनसंख्याको हिसाब गर्ने हो भने यतिको संख्या त कुनै जातीय समुदायको बढिनै रहेकोले यो धेरै होइन । तर गत वर्षको तुलना गर्ने हो भने यस पटक बढेकोमा खुसी मान्नु स्वाभावीकै हो । यसमा पनि राम्ररी बुझने हो अहिले टेक्सास र न्युयोर्क जस्ता धेरै नेपाली भएको राज्यबाट बनेका यी सदस्यहरु के सवै स्वर्तस्फुर्त रुपबाट सदस्य बनेकै हुन त ? यो सरल तर गम्भिर प्रश्न हो । सायद यो प्रश्नको जवाफ कतिपय सदस्यहरुलाई सोधेमा हो मैले खुसीले लिएको भनेर कमैले बाहेक धेरैले भन्दैन होला जस्तो लाग्छ । यस पटक पनि धेरैलाई बोलाएर सम्झएर, बुझाएर र कतिपयको सदस्यता शुल्क तिरेरै सदस्यता बनाएको पक्का हो । जसको शक्ति उसको भक्ति भने झै पैसा खर्च गर्छु भन्नेहरुले आफनो पक्षमा सदस्यता बनाउने प्रयास गरेकै हो ।
कुनै पनि व्यक्ति त्यो सस्थाको सदस्य बन्नका लागी उनको रुचि हुनुपर्छ । उसलाई रुचि हुनका लागी सस्थाबाट केही न केही सुविधा पाएको हुनुुपर्छ । यदि सुविधा नपाएपनि त्यो सस्थाले जनस्तरमा सवै माझ राम्रो छाप पार्ने काम गरेको हुनुपर्छ । सस्थामा रहेको नेतृत्वले हरेक समुदायमा जनस्तरमा गएर एनआरएनको बारेमा अझै पनि प्रभावकारी छलफलहरु र राम्रो काम गर्न सकेमा सदस्यता लिनेको संख्या यो भन्दा धेरै बडथ्यो भन्ने लाग्छ ।
प्रवासमा एनआरएनलाई मैले केही वर्षदेखिन नजिकबाट नियाल्ने क्रममा गत वर्ष भुकम्पको कारण मातृभुमीले भोग्नु परेको दुखमा दिएको सहयोग, नागरिकता निरन्तरताको कार्यलाई पहल र अमेरिकामा नेपालीको जनसंख्याको तथ्याङ निकाल्ने कार्यको राम्रै मुल्याङकन गरे । एनआरएनले प्रवासको जनस्तरमा चित्त बुझदो खासै काम गर्न नसकेपनि मातृभुमीको लागी गरेको कार्यलाई सम्झेर मैले पनि यसपटक कतिपय आफनो साथीभाईहरुलाई सम्झाएर बुझाएर भएपनि सदस्यता बनाउनतिर घच्घचाए । कतिपयले भन्यो तर कतिपयले एनआरएनको सदस्यता बनाएर हामीलाई के फाइदा छ ? किन बन्ने भन्ने प्रश्नहरु सोधेका थिए ।
हो अबको नेतृत्वले अमेरिकाबासी नेपालीले एनआरएनको सदस्य लिएमा यो कुरामा फाइदा हुन्छ भन्न सक्नु पर्छ । नहुने केही पनि छैन एनआरएनले चाहयो भने ठुलठुला सपिङ सेन्टरको किनमेल छुट, कतिपय जिममा छुट, एयरलाइन्स र ट्राभल लगायतमा छुट दिलाउन सकिन्छ । यो गरेमा मैले तिरेको १५ डलरको फाइदा एनआरएनले धेरै दियो भनेर स्वतस्फुर्त रुपमा सदस्य बनाउनेहरुको संख्या ह्वात्तै बडने छ । हुन त एनआरएनले सदस्यता शुल्क बापत लिएको १५ डलर केन्द्र र च्याप्टरले लिएपनि जनमानसमा अझै पनि कुनै व्यक्तिलाई जिताउनका लागी मात्र खर्च गरेको हो की भन्ने भान भएको देखिएको छ । विश्वको विभिन्न देशहरु मध्ये चर्चामा आएको अमेरिकाको एनआरएनभित्र यतिखेर सदस्य वितरणको म्यादथपदेखि, छानविन टोलि गठनको कुरामा विवाद बडिरहेको बेला क्षेत्रिय संयोजकले एक्कासी जारी गरेको विज्ञाप्तीले बजारमा थप विवाद निम्ताएको छ ।
राम्रो हुदै आइरहेको सस्थाले समाजको हितमा लाग्ने हो भने सानातिना त्रुटिहरु गर्नु हुदैन । काम गदै जादा कमि कमजोर त सबैको हुन्छ नै तर कुनै न कुरो विवादमा आउछ भन्ने थाहा हुदा हुदै त्यसतर्फ हेलचेक्राइ गर्नु नेतृत्वको असल गुण होइन । जनस्तरमा यस्ता धेरै विवाद आउन थाल्यो भने यसले कसैलाई पनि फाइदा पुग्दैन । विगतमा पनि मुद्धा ममिलामा मुछेको एनआरएन अमेरिका फेरि पनि मुद्धा मामिलामा गएमा सदस्यता लिनेको संख्या बडनुको सट्टा घटन सक्छ । त्यतिमात्र होइन हामी नेपालीलाई अमेरिका सरकारले हेर्ने दृष्टिकोणमा पनि फरक आउन सक्छ । अब बेलैमा एनआरएनलाई नजिकबाट लामो समयदेखिन चासो राख्नेहरुसग सरसल्लाह गरेर समास्या समाधानको बाटोमा रोज्नु अबको आवश्याक्ता हो । जय एनआरएन ।