२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

दक्षिणकाली नगरपालिकामा काँग्रेसका मोहन बस्नेत विजयी


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनी ४६९८ मतसहित विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४२६८ मत पाए।

तत्कालीन टुल्कु डुँगेचौर गाविसका अध्यक्ष रहेका बस्नेतको राजनीतिक करिअर तीन दशक पुरानो हो। राज्य पुनःसंरचना हुँदा टुल्कु डुँडेचौरसहित ६ वडा गाविस जोडेर दक्षिणकाली नगरपालिका बनाइएको थियो।

उपमेयरमा नेपाली काँग्रेसकी बसन्ती तामाङ ४७४९ मतसहित विजयी भएकी छन्। एमालेकी उपमेयर उम्मेदवार मीरा महर्जनले ४३३० गरेकी थिइन् ।

मेयर—उपमेयरमा काँग्रेस विजयी भएको दक्षिणकालीका ९ मध्ये ५ वडा एमालेले जितेको छ। वडा नम्बर १, ३, ५, ६, ७ मा एमाले विजयी भएको छ। काँग्रेसले २, ४, ५, ९ मा विजय हाँसिल गरेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ५ : १८ बजे