१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

काठमाडाैंको मेयरमा एमालेका शाक्य, उपमेयरमा कांग्रेसकी खड्की विजयी


१४ जेष्ठ २०७४, आइतबार  

0
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भएका छन् ।  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे ।

दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरेका हुन् ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे ।

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार  १० : ५७ बजे