६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपुर गार्डेनमा नेपालकै प्रथम पार्क पुस्तकालय शिलान्यास


१४ जेष्ठ २०७४, आइतबार  

0
Shares

काठमाडाैं । पुरानो सिनामंगलस्थित टाउनप्लानिङमा रहेको कपुर गार्डेनमा नेपालकै प्रथम पार्क पुस्तकालय शिलान्यास गरिएको छ । शनिबार बिहान राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा प्रभु बुढाथोकी र नव निर्वाचित वडाध्यक्ष नवराज पराजुलीले पुस्तकालयको शिलान्यास गरेका हुन् ।

काठमाडौं ३२ एअरपोर्ट पछाडि सचेतमार्गमा रहेको उक्त स्थानलाइ गार्डेन सिटी नामकरण गरिएको पुस्ताकलय अभियन्ता एवं कपुर गार्डेनका अध्यक्ष विकु लामाले जानकारी दिए ।  पुस्ताकसहित भवन डेढ महिनामा तयार हुने अध्यक्ष लामाको बताए ।

इजरायलमा रहेका नवराज अाचार्यकोको अभियानमा १३ देशमा रहेका नेपाली, नेपालमै रहेका नेपालीकाे सहयोगमा पुस्ताकलय बन्न लागेको लामाले बताए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार  ११ : ४२ बजे