काठमाडाैं । एमालेले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर तत्काल योजना बनाएर काम सुरु गर्न लिखित निर्देशन दिएको छ । महासचिव ईश्वर पोखरेलले जिल्ला नेतृत्वलाई पाँच पृष्ठ लामो लिखित निर्देशन जारी गर्दै बजेटको सीमा, राजस्वलगायत समग्र पक्षलाई ध्यान दिएर प्रचलित कानुन र नयाँ कानुन बनाएर अधिकार प्रयोग गर्न निर्देशन दिएका हुन् । नयाँ संवैधानिक संरचनाअनुसार स्थानीय तहले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका तीनै अधिकार प्रयोग गर्नसक्ने भन्दै ती सबै अधिकारलाई कानुन बनाएर प्रयोग गर्न निर्देशनमा भनिएको छ । नयाँ पत्रिकामा खबर छ ।
१९ जेष्ठ २०७४, शुक्रबार
0
Shares