२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

अनलाइनमा निःशुल्क सिक्न सकिन्छ यी ६ कुरा


२२ जेष्ठ २०७४, सोमबार  

0
Shares

फोटोग्राफीःफोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ ।

भाषाःकेही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्नुहुन्छ । भाषा सिक्नका लागि तपाइँलाई com निकै सहयोगी हुन्छ । यो आइओएस तथा एन्ड्रोइडमा निशुल्क उपलब्ध छ ।

नाचःनाचको मामिलामा केवल पढेर मात्र हुँदैन । यसका लागि ट्युटोरियल भिडियो आवश्यक हुन्छ । यु ट्युबबाट यस्तो भिडियो प्राप्त गर्न सकिन्छ । com मा तपाइँ हिपहप, पप, स्टि्रट, ब्रेक डानस, क्रपिंग एण्ड बलरुम डान्स जस्ता विभिन्न खाले नाचहरुको एडभान्स कोर्स गर्न सक्नुहुन्छ ।

आत्मरक्षाःतपाइँले आत्मरक्षाको विधि पनि अनलाइनबाट सिक्न सक्नुहुन्छ । अनलाइनबाटै ब्लाक बेल्ट समेत हासिल गर्न सक्नुहुन्छ । com ले पनि तपाइँलाई यो कला सिकाउँछ । आइओएमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्डोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एप उपलब्ध छ ।

कम्प्युटर प्रोग्रामिंगःजाभास्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्नका लागि तपाइँcom को मद्दत लिन सक्नुहुन्छ । यो इन्टर्याक्टिभ वेबसाइटमा तपाइँलाई स्टेप बाइ स्टेप इन्स्ट्रक्सन मिल्दछ । साइन अप गर्नुपनि आवश्यक पर्दैन । फ्रि आइप्याड एप ट्रीहाउस तपाइँलाई अब्जेक्टिभ सी, एचटिएमएल, सीएसएस, जाभास्क्रिप्ट, पिएचपी, रुबी तथा एसक्वूएल सिकाउँदछ ।

पकाउने कलाःपाककला पनि नभै नहुने सीप हो । com मा गएर पाक कलाका विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सक्नुहुन्छ । पाककलाका लाग अल रेसिपी, एपिक्युरिअस लगायतका मोबाइल एप पनि उपलब्ध छन् ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७४, सोमबार  ९ : ५७ बजे