२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम अवरुद्ध



लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम अवरुद्ध भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले विश्वभर नै समस्या आएको बताएका छन् । नेपालमा पनि यी सबै सोसल मिडिया प्लाटफर्म लगइन हुनसकेको छैन भने लगइन एकाउण्टहरु लगआउट भएका छन् ।

नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका हुन् । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन् । फेसबुकको आन्तरिक श्रोतलाई उदृत गर्दै सञ्चार माध्यमहरुले भने अनुसार यसअघि यि सोसल मिडिया सञ्चालक कम्पनी मेटाको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।

तथापि विश्वभर एकै पटक प्लाटफर्महरु अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १० : १८ बजे