५ असार २०८१, मंगलबार | Tue Jun 18 2024

तीन उपप्रधान र तीन नवनियुक्त मन्त्रीले लिए सपथ


२४ जेष्ठ २०७४, बुधबार  

0
Shares

नवनियुक्त मन्त्रीहरू

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास विजय गच्छदार
उपप्रधान एवं परराष्ट्र कृष्णबहादुर महरा
उपप्रधान एवं शिक्षा गोपलमान श्रेष्ठ
गृहमन्त्री जनार्दन शर्मा
अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की
श्रम तथा रोजगार फरमुल्ल मन्सुर
विना विभागीय प्रभु शाह

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयमा आयोजित औपचारिक समारोहमा देउवा मन्त्रिपरिषदका अन्य सदस्यले पनि सपथ ग्रहण गरे।

देउवाको क्याबिनेटमा तीन उप प्रधानमन्त्रीले सपथ लिएका छन्। विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र र उपप्रधानसहित शिक्षा मन्त्रीका रुपमा गोपालमान श्रेष्ठले सपथ लिए।

ज्ञानेन्द्र कार्कीले अर्थमन्त्री, फरमुल्ला मन्सुरले श्रम तथा रोजगार, जनार्दन शर्माले गृह र प्रभु साहले विना विभागीय मन्त्रीका हैसियतमा सपथ लिए।

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार  २ : ३० बजे