७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तनावमा डीआईजी सिलवाल र चन्द, के गर्दैछन् हिजोआज ?


९ असार २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन ।

त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् ।

सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । पछि उनको नियुक्ति नै खारेज भएको थियो ।

त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन् । एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन । एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन् ।

प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार  ८ : २९ बजे