६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

कारबम हमलामा परी ३४ को मृत्यु, ६० घाइते


९ असार २०७४, शुक्रबार  

0
Shares

एजेन्सी । अफगानिस्तानको हेल्मण्ड प्रान्तको लश्कर गाहमा भएको एउटा कारबम विस्फोटनमा ३४ जनाको ज्यान जानुकासाथै ६० जना अरु घाइते भएका छन्।

हेलमण्ड प्रान्तको राजधानी समेत रहेको सो शहरको एउटा ब्यांक अगाडी सो विस्फोट भएको थियो।

विस्फोटका बेला मानिसहरु आफ्नो तलब झिक्न सो बैंक अगाडी लामबद्ध रहेकाे बिबिसिले जनाएको छ ।

अाफगानी प्रहरीलाइ उद्धृत गर्दै बिबिसिले भनेको छ-लश्कर गाहस्थित न्यू काबुल ब्यांकको प्रवेशद्वारमा उक्त कारबम विस्फोट गराइएको हो । हताहति हुनेहरुमा गैरसैनिक र सुरक्षा सैन्यका सदस्यहरु पनि रहेका बताइएको छ।

हेल्मण्ड प्रान्तमा आक्रामक अवस्थामा रहेको तालेवानले सो हमला आफूले गराएको दावी गरेको छ।

 

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार  ४ : ०८ बजे